बिजनेस

सुन​को मुल्य​मा न​या रेकर्ड्, २ लाख ८४ ह​जार नाघ्यो

Lumbinikhabar Online

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोलामा २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको हो। जुन हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन दुई लाख ८२ हजार हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?