टप खबर

वामदेव गौतम निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवार बन्ने

Lumbinikhabar Online

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

हाल राष्ट्रिय सभाका सदस्य रहेका उनलाई नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठाउने पक्का भएको छ ।

उनले आइतबार माथिल्लो सदन राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहालले वामदेवलाई बर्दिया-१ बाट चुनाव लड्न सुझाएका हुन् । चुनावी तयारीका लागि अहिले वामदेव बर्दियामा खटिइरहेका छन् ।

यसअघि ०७४ सालमाको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसबेला गौतमले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हराएको भनेर सार्वजनिक आरोप लगाएका थिए ।

आफूले प्रधानमन्त्रीमा दाबी गरेपछि ओलीले एमालेका अर्का नेता सूर्य थापालगायतलाई बर्दिया पठाएर हराएको आरोप गौतमले लगाएका थिए ।

वामदेव करिब ४ वर्ष एमालेबाहिर बसेपछि गत कात्तिक १९ गते नेकपामा प्रवेश गरेका थिए । उनले नेकपाका लागि एक करोड भोट ल्याएर बहुमतसहितको पहिलो दल बनाउने बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?