टप खबर

देउवाले नेतृत्व नछाडेसम्म सहमति न​ग​र्ने अडान​मा विशेष महाधिवेशन पक्षधर

Lumbinikhabar Online

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको छ। अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ।

विशेष महाधिवेशन प्रचार-प्रसार समिति संयोजक सुवास पोखरेलले मंगलबार भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा गरेको नियमित ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् ।

पोखरेलका अनुसार महाधिवेशन चार दिनसम्म चल्ने निश्चित भएको छ। बन्दसत्रको काम सकिएपछि नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु हुने छ। भोलि (बुधबार) देखि निर्वाचन अघि बढ्ने सम्भावना रहेको उनले बताए।

सभापति शेरबहादुर देउवा पक्षसँग समझदारीको प्रयास जारी रहेको छ। मंगलबार दुई चरणमा वार्ता भएको र विभिन्न क्षेत्र तथा विषयमा छलफल भइरहेको पोखरेलले जानकारी दिए। उनका अनुसार अन्य विषयमा कुरा मिले पनि नेतृत्व परिवर्तनको मुद्दामा सहमति जुट्न सकेको छैन।

विशेष महाधिवेशन नीति र नेतृत्व फेर्नका लागि नै गरिएको हो,’ पोखरेलले भने, ‘सभापति देउवाले नेतृत्व छाड्न तयार नभएका कारण कुरा अड्किएको छ। उहाँले अब आगामी निर्वाचन लड्नु हुँदैन। बयोवृद्ध उमेरमा आराम गर्नुपर्छ, किताब लेख्नुपर्छ। एउटा सिट जित्दा केही हुँदैन, समानुपातिकमा पनि मनोमानी चल्छ, एमालेसँग उठबस गर्छ भन्ने मतदाताको गुनासो छ। त्यसैले उहाँले विश्राम लिनुपर्छ।’

Tags

छुटाउनु भयो कि ?