टप खबर

विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज पार्टी केन्द्रीय कार्यालयमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाएका छन् ।

आजको कार्यसम्पादन समितिको बैठकमा जाँदा निधिलाई विशेष महाधिवेशनको वकालत गर्ने कि नगर्ने भन्दै धकेलाधकेल गर्दै दुव्र्यवहार भएको थियो ।

‘आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधि प्रति भएको व्यवहार गलत छ,’ उनले भनेका छन्, ‘असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।’

उनले पार्टीका नेता कार्यकर्तालाई अनुरोध गर्दै थप भने, ‘म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।’

Tags

छुटाउनु भयो कि ?