टप खबर

मादुरोलाइ सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ – डोनाल्ड ट्रम्प

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले साझा गरेको तस्बिरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका छन्।

ट्रम्पले यसअघि एक अन्तर्वार्तामा पनि यही जहाजमार्फत मादुरोलाई अमेरिका ल्याइँदै गरेको बताएका थिए। सोही दाबीलाई बल पुग्ने गरी उनले अहिले तस्बिर सार्वजनिक गरेका हुन्।

सार्वजनिक तस्बिरमा मादुरोजस्तै देखिने एक व्यक्ति देखिन्छन्, जसको आँखामा मास्क र कानमा हेडफोन लगाइएको छ। उनी खैरो रङको ट्र्याकसुटमा रहेका छन् र सुरक्षाकर्मीको निगरानीमा रहेको जस्तो देखिने दृश्य तस्बिरमा देख्न सकिन्छ।

ट्रम्पको यो पोस्टपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। कतिपयले यसलाई राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भनेका छन् भने कतिपयले तस्बिरको वास्तविकता र समयबारे प्रश्न उठाएका छन्।

Tags

छुटाउनु भयो कि ?