टप खबर

एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल

Lumbinikhabar Online

नेकपा (एमाले)ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप दिएका हुन्।

एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नाम राखिएको छ। यसअघि आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रामेश्वर राना मगरको नाम रहेको थियो।

आइतबार बसेको एमाले सचिवालयले बैठकले पारित गरेको सूचीमा मगर पहिलो नम्बरमा थिए। एमाले अध्यक्ष ओलीले अन्तिम समयमा नाम फेरबदल गरेको एक पदाधिकारीले बताए। अध्यक्ष ओलीले सूचीमा हेरफेर गर्दै उपाध्यक्ष बादललाई पहिलो नम्बरमा राखेका हुन्।

Tags

छुटाउनु भयो कि ?