राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूसँग एकता सहमति गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई आफ्ना सभापति रवि लामिछानेपछिको वरीयता दिने भएको छ।
रास्वपा नेता एवं एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालले सहमति पत्रमा त्यो कुरा उल्लेख नभए पनि बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने निर्णय भएको जानकारी नेपालखबरलाई दिएका हुन्।
शनिबार मध्यरातसम्म भएको छलफलपछि रास्वपा सभापति लामिछाने र काठमाडौँका मेयर बालेनबीच आइतबार बिहानै एकता सहमति भएको हो।
सहमतिअनुसार पार्टीको नेतृत्व रविले नै गर्ने तर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ।

