सांग्रिला उर्जा लिमिटेडले बार्षिक साधारणसभा सम्पन्न गरेको छ । यही पुस १२ गते शनिबारका दिन सांग्रिला उर्जाले संयुक्त बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कम्पनीले प्रा.लि.बाट लिमिटेड भएपश्चातकाे पहिलो र दोस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो।

एक भव्य समारोहबीच, सांग्रिला उर्जा लिमिटेडका कार्यकारी अध्यक्ष किशोर सुवेदीले बार्षिक साधारणसभा समुद्घाटन गर्नुभयो ।
बार्षिक साधारणसभामार्फत्, सांग्रिला उर्जा लिमिटेडले आगामी दिनमा पनि शेयर सदस्यहरुको राय, सल्लाह, सुझाव अनुसार कम्पनी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सांग्रिला उर्जा लिमिटेडले ६३ मेगावाट क्षमताको छुजुङखाेला जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ।
नयाँ संचालक समिति निर्विरोध निर्वाचित
बार्षिक साधारणसभा मार्फत् सांग्रिला उर्जा लिमिटेडकाे नयाँ संचालक समिति चयन गरिएको छ। संचालक समिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयाे।

बार्षिक साधारणसभामा वोल्दै कार्यक्रमका अतिथिहरुले कम्पनीकाे गतिविधिको प्रशंशा गर्नुभयो । जलविद्युत परियोजना मार्फत् देश विकासमा योगदान दिने कम्पनीका रूपमा सांग्रिला उर्जा लिमिटेड रहेको बताउनुभयो।
कम्पनीका कार्यकारी अध्यक्ष किशोर सुवेदीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित भएको छ। साधारणसभामा शेयर सदस्यहरुले उल्लेख सहभागिता रहेको थियो।
बार्षिक साधारणसभामा बोल्दै सांग्रिला उर्जा लिमिटेडका संचालकहरुले जलविद्युत परियोजना निर्माण मार्फत् देश विकासमा कम्पनी सधैं लागि परिरहने जानकारी दिनुभयो ।

