टप खबर

रवि र बालेनबीच ‘बृहत् एकता’ सहमति, बालेन प्रधानमन्त्रीकाे उम्मेदवार हुने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति भएको छ ।

शनिबार साँझ देखिको  लगातारको बैठकपछि आईतवार विहान ४ बजे सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् ।

सात बुँदे सहमतिको चौथो बुँदामा रवि लामिछाने सभापति र बालेन शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

दुई जनाबीच रातभर भएको वार्तापछि आइतबार बिहानै  ‘बृहत् एकता’सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

Tags

छुटाउनु भयो कि ?