देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्।
सोमबार सिंहदरबारमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिए।
उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएका थिए। दलको संख्या बढेकाले निर्वाचनमा प्रतिस्पर्धा अझ कडा हुने आयोगको अनुमान छ।
निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिएको जानकारी दिँदै भट्टराईले तीमध्ये ३७ सामग्री जिल्लास्तरमै खरिद गरिने र बाँकी १४ सामग्री मात्रै आयोगले केन्द्रबाट उपलब्ध गराउने व्यवस्था गरिएको बबताए।

