टप खबर

भैरहवा पुगेर​ प्र​क्रिया पुरा ग​रेप​छि थुनामुक्त​ हुनेछ​न र​बी लामिछ​ने

Lumbinikhabar Online

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।

ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।

रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो।

पूर्जी लिन शुक्रबार रवि भोलि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

Tags

छुटाउनु भयो कि ?