टप खबर

यी शर्तहरु सहित अदालतले रबिलाइ दियो थुनामुक्त गर्ने आदेश, विदेश जादा पूर्व जानकारी दिने

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ४ वटा शर्त राखेको छ ।

लामिछानेले नै सुप्रिम सहकारीबाट आफू काम गरेको संस्थामा प्रवाह भएको बिगो मध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखेर मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर माग गरेको र बचतकर्ता र लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिएकोले शर्तसहित अदालतले छाड्न आदेश दिएको हो ।

अदालतले लामिछानेलाई ०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी स्वीकार गर्ने र २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोका हकमा सुरक्षित गर्ने शर्त राखेको छ ।

साथै, अदालतले व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिने र फैसला हुँदा थप दायित्व सिर्जना भएकोमा पनि बुझाउन मन्जुर हुनुपर्ने शर्त राखेको छ ।

Tags

छुटाउनु भयो कि ?