टप खबर

केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन प्रदीप ज्ञवालीको अपिल

Lumbinikhabar Online

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

महासचिवमा उम्मेदवार बन्न नपाएपछि हिजो महाधिवेशनस्थलबाट मन दुखाएर बाहिरिएका ज्ञवालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका हुन् ।

उनले महाधिवेशन अन्तर्गत आजको चुनाव हुने दिनलाई सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण भन्दै यसले एमालेको आन्तरिक जीवनका लागि मात्र नभएर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने उल्लेख गरेका छन् ।

उनले आफू यस पटक पार्टीको केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवार रहेकाले सबैको मत र मन पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?