टप खबर

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ: गृहमन्त्री अर्याल

Lumbinikhabar Online

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप अघि बढेको बताएका छन्।

सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको कास्की पोखरामा उद्घाटन सत्रलाई सम्बोधन गर्दै  गृहमन्त्री अर्यालले भने, “आगामी फाल्गुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोही बमोजिम तयारी भइरहेको अहिलेको अवस्था हो।” 

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुभारम्भ गर्दै  मन्त्री अर्यालले स्वतन्त्र विश्वसनीय निष्षक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना-२०८२ स्वीकृत भई सोही बमोजिम कार्य भइरहेको व्यहोरा छ ।

भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये हाल सरकारले सबै प्रदेशमा यस्तो सुरक्षा गोष्ठी गर्नु पनि एक प्रमुख कारण भएको बताउँदै, यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले गरे।  उनले भने, शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तीकै महत्वपूर्ण भूमिका छ ।

गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अहिले सरकारबाट नै तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउंदै निर्वाचन हुँदैन र सो को वातावरण बनेको छैन भन्नु भनेको पुनः देशलाई राजनीतिक अस्थिरता तर्फ धकेल्नु हो। हाल देशमा धेरै भन्दा धेरै फरार कैदी बन्दी अझै बाहिर रहनु र लुटिएका हतियारको जफत नहुनाले राजनीतिक दलहरुप्रति चुनाव विश्वस्त वातावरण बन्न नसकेको उल्लेख गर्दै, फेरि यसैलाई प्रमुख मुद्दा बनाएर अघि बढ्दा निर्वाचनको वातारण झनै बिग्रने हुन्छ, त्यसैले निर्वाचनको विकल्प छैन।

Tags

छुटाउनु भयो कि ?