कपा एमालेको ११ औँ महाधिवेशनका लागि ईश्वर पोखरेल समूहले पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ।
समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार हुने भएका छन्।
उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम सार्वजनिक गरिएको छ भने सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, गोकुल बास्कोटा र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार हुनेछन्। आज बेलुका उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ।

