नेकपा एमालेको केपी शर्मा ओली पक्षले पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ।
उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बन्ने छन्।
महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवी महासेठ उम्मेदवार बन्ने छन्।
लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा फेरि सचिवमै दोहोर्याउने भएको छ।
सचिवको बाँकी उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत छन्।

