सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ ।

