खेलकुद

एनपीएलको उपाधि जित्ने लुम्बिनीले कति र​कम पायो, दोस्रो र​ तेस्रो लाइ कति?

Lumbinikhabar Online

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ पुरस्कार पनि जितेको छ।

त्यस्तै, उपविजेता सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।

एनपीएल दोस्रो सिजनमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन्। एनपीएलका १० खेलमा १५ विकेट लिएका थिए।

उनी फाइनल खेलमा पनि प्लेअर अफ द म्याच भए। उनले सुदूरपश्चिमका महत्त्वपूर्ण तीन विकेट लिएका छन्। फाइनलमा २.१ ओभर बलिङ गरेका रुबेनले तीन रन मात्रै खर्चिए।

एनपीएलमा नेपालीतर्फ रोहित पौडेलले सर्वोत्कृष्ट खेलाडी बने। उनले ओमोडा कार पाएका छन्। प्रतियोगितामा उनले दुई सय ७६ रन बनाएका थिए भने नौ विकेट लिएका थिए।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर पोखराका एडम रोसिङटन बने। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। एडमले सात खेलमा तीन सय २३ रन बनाएका थिए।

Tags

छुटाउनु भयो कि ?