खेलकुद

सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन २ को उपाधि

Lumbinikhabar Online

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।

लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।

तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।

सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।

Tags

छुटाउनु भयो कि ?