टप खबर

भिजिट भिसा प्रकरण: सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।

भट्टराई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ पर्नुभएको थियो । त्यतिबेला उहाँ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हुनुहुन्थ्यो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार घुस रिसवत मुद्दामा ७ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा पेस गरिएको छ ।

तत्कालीन अध्यागमन कार्यालय प्रमुख भट्टराईलाई ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्याललाई ८ लाख, ग्रीनलाइन ट्राभल्स् एन्ट टुरका सञ्चालक बालकृष्ण खड्का र राम खड्कालाई जनही ३० लाख २० हजार बिगो दाबी गरिएको छ । त्यसै गरी बानेश्वरस्थित सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार रुपियाँ, फ्यामिली होलिडेज ट्राभल्स एन्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रुपियाँ बिगो मागदाबी गरिएको छ । सूचना अधिकारी रेग्मीका अनुसार माथिका ती दुई कम्पनीलाई पनि आयोगले प्रतिवादी बनाएर मुद्दा पेस गरेको छ ।

Tags

छुटाउनु भयो कि ?