टप खबर

महाधिवेशनमा पराजित भए पनि आफू एमालेमै रहने ईश्वर पोखरेलको स्प​ष्टिकर​ण

Lumbinikhabar Online

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजित भए पनि आफू र आफ्नो टोली एमालेमै रहने स्पष्ट गरेका छन्।

‘हामी जित्छौ भन्ने विश्वास छ तर, हारियो भने पनि माधव नेपाल वा भीम रावलजीको जस्तो छुट्टै पार्टी खोल्ने दृष्टान्त हाम्रोमा लागू हुँदैन। हामी सधै नेकपा एमालेकै पक्षमा रहिरहन्छौं। प्रतिस्पर्धामा गरिन्छ भने त्यसको परिणामलाई स्वीकारिन्छ। जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार सक्नुपर्छ।,’ उनले भने

उनले महाधिवेशनका लागि आफ्नो प्यानल तयार भइरहेको जानकारी समेत दिएका छन्।

उनले वाम एकताको पक्षमा आफूहरू रहेको बताएका छन्। पोखरेलले आफ्नो असन्तुष्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीसँग सम्बन्धित रहेको बताए।

Tags

छुटाउनु भयो कि ?