प्रभु बैंकले बरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई गैर कानुनी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि प्रभु बैंकको सञ्चालक समितिले लम्साललाई कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको हो।
सीआईबीले प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धानका लागि शेरचनसहित तीन जनालाई पक्राउ गरिएको जनाएको छ।

