खेलकुद

एनपीएल: प​हिलो खेल​मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाज विज​यी

Lumbinikhabar Online

साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ।

जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेट गुमाएर १८ ओभरमा पूरा गरेको हो। काठमाडौँका वेन चार्ल्सवर्थ ४६ रन बनाउँदा जान निकोल लफ्टी-इटोनको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

त्यस्तै, भीम सार्की तीन रनमा ललित राजवंशीको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट आउट हुन पुगे। आकाश त्रिपाठी ४५ बलमा पाँच चौका सहयोगमा ३९ रन बनाउँदा सञ्जय कृष्णमूर्तीको बलमा बोल्डआउट भए।

मिलिन्द कुमार १९ रनमा पेभेलियन फर्के। जोन सिम्पसन १३ रन बनाउँदा अनिल साहको बलमा एलबीडब्लु धरापमा परे। मोहम्मद आदिल आलम आठ र जेरहार्ड इरसमस एक रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी, जान किनोन लफ्टी-इटोन, सञ्जय कृष्णमूर्ती, अनिल साह र किशोर महतोले एक-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।

Tags

छुटाउनु भयो कि ?