प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेको छिन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग शुक्रबार टेलिफोन संवादमार्फत म्याद थपका लागि आग्रह गरेकी हुन् ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको रावलले बताएका छन् ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरिन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिएको रावलले भने ।

