यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ ।
विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ । कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो ।
विभाग द्वारा जारी बिज्ञप्ती
‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

