एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बन्न सफल भएका छन् ।
प्रहरीको प्रणाली भत्किने, फेरि बिचौलियाहरू हाबी हुने चर्चाबीच सरकारले कार्कीलाई सोमबारको मन्त्रिपरषद् बैठकमा ३३ औँ आईजीपी बनाएको हो । कार्की एआईजीको वरीयतामा पनि पहिलो नम्बरमा थिए ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गतेदेखि अवकाशमा जानुअघि नै सरकारले कार्कीलाई जेन-जी आन्दोलनपछिको चुनौतीपूर्ण समयमा जिम्मेवारी सुम्पेको होकार्कीले प्रहरी नियमावलीमा उल्लेख भएअनुसार अबको २९ महिना नेतृत्व सम्हाल्नेछन् ।
उनी अब २०८४ चैत १८ सम्म आईजीपी रहनेछन्। परिस्थिति साधारण हुन्थ्यो भने २०८४ को चुनावको सुरक्षा पनि उनकै काँधमा हुने थियो । ।

