टप खबर

भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फ़ैलाइयो: मन्त्री कुलमान घिसिङ

Lumbinikhabar Online

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्।

यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको जिकिर उनले गरेका छन्।

आइतबार बिहान उनले भनेका छन्, ‘आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु- यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको हो।’

उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीमा वर्षायाममा निर्यात र सुक्खायाममा केही परिमाणमा आयात आवश्यक छ।

यसअघि शनिबार नेपाल विद्युत् प्राधिकरणले पनि भारतीय कम्पनीसँगको विद्युत् खरिद सम्झौतामा करोडौँ रुपैयाँ अनियमितता भएको भनी प्रकाशित सामग्रीको खण्डन गरेको थियो।

 

Tags

छुटाउनु भयो कि ?