टप खबर

सुकुम्बासी बस्तीमा पुगेर दुर्गा प्रसाइले गरे बालेन विरुद्ध लड्न सहयोग गर्ने घोषणा

Lumbinikhabar Online

 व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्ती पुगेका छन् ।

प्रसाइले भेला भएका सुकुम्बासीलाई सम्बोधन गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध लड्न सहयोग गर्ने घोषणा गगरेका छन् ।

महानगरले बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिँदै गर्दा प्रसाईं सुकुम्बासीको समर्थनमा उभिनुभएकाे हाे । प्रसाइले दलहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गरेको आरोप लगाउँदै पक्की घर दिलाउने वाचासमेत गरेका आरा‍ेप लगाएका छन् ।

यस क्रममा प्रसाईंले बालेन र भिक्टर पौडेलमाथि दुई करोड रुपैयाँ घुस खाएको आरोपसमेत लगाउनुभएकाे छ। उहाँको यो कदमलाई बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।

Tags

छुटाउनु भयो कि ?