गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अवस्थामा व्यवसायीले मन्त्रीलाई रिझ्याउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
शुक्रबार उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ढुक्कसँग सरकारको कमजोरी औँल्याउन व्यवसायीलाई आग्रह गरेका हुन् ।
नीजि क्षेत्रको मनोबल उच्च बनाउन सुरक्षाको प्रत्याभूति दिलाउँदै विशेष रणनीति ल्याउने पनि उनले बताए ।
नीजि क्षेत्र तथा व्यवसायीको सुरक्षाका लागि आगामी दिनमा थप योजना बनाएर लाग्ने उनले आश्वासन दिए ।

