टप खबर

जेन-जी आन्दोलन सबै क्षेत्रको सुधारका लागि भएको थियो: प्रधानमन्त्री कार्की

Lumbinikhabar Online

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा सुशासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् ।

‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् ।

राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् ।

Tags

छुटाउनु भयो कि ?