गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार, टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको हो। इजरायलले यसको कडा विरोध गरेको छ।
इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए।
उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो।’
इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ। पूर्ण सूची भने जारी गरिएकोइजरायली
यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन्।

