काठमाडौं : म्यापल इन्टरनेशनल एजुकेशनले आयाेजना गरेको ‘क्यानडा एजुकेशन फेयर-२०२५’ भव्य रुपमा सम्पन्न भएको छ।क्यानाडाकाे शैक्षिक परामर्शमा एक नम्बर कन्सल्टेन्सी बन्न सफल म्यापल इन्टरनेशनल एजुकेशन, पुतलीसडकले क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी गत बिहिबार November 6 मा ‘क्यानडा एजुकेशन फेयर-२०२५’ आयाेजना गरेको थियो।

शैक्षिक मेला (एजुकेशन फेयर) मा करिब ७ सय विद्यार्थीहरूले सहभागिता जनाएको म्यापल इन्टरनेशनलकाे व्यवस्थापनले जानकारी दिएको छ। फेयरमा सहभागी विद्यार्थीहरूले छात्रवृत्ति लगायत अन्य शैक्षिक अवसर समेत प्राप्त गर्नुका साथै विभिन्न उपहार समेत प्राप्त गरेका थिए।

फेयरमा क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले एजुकेशन फेयरको आयोजना गरेकाे म्यापल इन्टरनेशनल एजुकेशन, पुतलीसडकका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वर ढकालले जानकारी दिए ।

एजुकेशन फेयरमा सहभागी विद्यार्थीले क्यानडामा रहेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर क्यानडाको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसरका विषयमा छलफल गर्ने अवसर प्राप्त गरे ।

शैक्षिक परामर्शकाे क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रियताका साथ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको म्यापलले स्थापनाकालदेखि नै क्यानडालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

