टप खबर

गत असोजको बाढी पहिरोबाट क्षतिको ३ अर्ब ७८ करोड बराबरको बीमा दावी

Lumbinikhabar Online

गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दावी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ।

Tags

छुटाउनु भयो कि ?