खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला एकदिवसीय विश्वकपको उपाधि

Lumbinikhabar Online

भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो।

भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो। बलियो सुरुवात दिलाउँदै ओपनर शफाली वर्माले ७८ बलमा ८७ रनको शानदार पारी खेलिन्, जसमा ७ चौका र २ छक्का समावेश थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाइ दिँदै भनेका छन्, “भारतकी छोरीहरूले विश्वमञ्चमा भारतीय झण्डा फहराएकी छन्। यो जित सम्पूर्ण देशका लागि गर्वको क्षण हो।”

Tags

छुटाउनु भयो कि ?