टप खबर

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुप​र्छ​: प्रधानमन्त्री कार्की

Lumbinikhabar Online

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर। हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ।’ निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन्।

छलफलमा सहभागी जेनजी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र नहुने तर्क गर्दै आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचारविरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

Tags

छुटाउनु भयो कि ?