टप खबर

अहिलेको अवस्थामा चुनाव बाहेक अर्को विकल्प छैन् : माधव कुमार नेपाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चुनाव बाहेक अर्को विकल्प नरहेको भन्दै तोकिएको समयमा चुनाव गराउन सरकार सफल हुनेमा आशङ्का व्यक्त गरेका हुन् ।

उनले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राखे । यद्यपि निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरी तयारी भने गर्नुपर्ने उनले बताए ।

त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न ढिला गर्न नहुनेमा जोड दिए । समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उनले बताए ।

उनले एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नरहेको उल्लेख गर्दै विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य पुष्टि भइसकेको जिकिर गरे ।

अध्यक्ष नेपालले जेनजी आन्दोलनका क्रममा परिस्थीतिलाई ढिक ढंगले मूल्याङ्कन गर्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए ।

जेन-जी युवाहरु आफ्नो पार्टीसंग निरन्तर सम्वाद र छलफलमा रहेको भन्दै उनले उनीहरुको मागप्रति पार्टीको पूर्णरुपमा समर्थन रहेको बताए ।

Tags

छुटाउनु भयो कि ?