फिल्म र संगीत

अमेरिका टुर सकिएपछि एलिनाले भनिन् – कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो

Lumbinikhabar Online

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ।

यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय कला लम्साल र एलिना चौहान थिए। अमेरिकाका विभिन्न सहरमा उनीहरुले सामूहिक प्रस्तुती पनि दिइन्।

त्यहीबीचमा कला बिरामी परिन्। उनी बिरामी परेर नेपाल फर्किने समयमा आयोजकसँग राम्रै नोकझोँक पर्यो। सामाजिक सञ्जाल उनीहरुको विवादले भरिए। कला नेपाल आएपछि बद्री, प्रताव र एलिनाले नै अब सुन्छ अमेरिका यात्रा पूरा गरे।

सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।

तर, आज सोमबार राति एलिनाले आफ्नो फेसबुकमा यसअघि कलाले लगाएजस्तै आरोप लगाउँदै स्टाटस लेखेकी छन्।

‘जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गयो, कसैले अपमान सहनु प¥यो,’ उनले भनेकी छन्, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।’

Tags

छुटाउनु भयो कि ?