फिल्म ‘जेरी अन टप’ ले आक्रामक व्यापार गरिरहेको छ। दोस्रो सातामा प्रदर्शनरत यस फिल्मले नवौं दिनसम्म साढे ६ करोड बढीको व्यापार गरेको हो।
बक्सअफिस रिपोर्टअनुसार फिल्मले गत शनिबार रातिसम्म कुल ६ करोड ५१ लाख ४६ हजार कलेक्सन गरेको हो।
सोही अवधिमा फिल्मका १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री भएका छन्।

