टप खबर

निर्वाचनका लागि चीन र भारतबाट बराबरी संख्यामा सवारी साधनहरू सहयोग स्वरूप सरकारले लिने

Lumbinikhabar Online

सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ।

दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू तयार रहेको बताएपछि बराबरी संख्यामा लिने योजना नेपालले बनाएको हो।

नेपालका लागि चिनियाँ राजदूत छन सङले २ असोजमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। त्यसक्रममा पनि प्रधानमन्त्री कार्कीले आफ्ू नेतृत्वको सरकारको प्राथमिकता निर्वाचन नै रहेको उल्लेख गरेकी थिइन्।

एक दिनको अन्तरालमा भएका भेटमा भारतीय राजदूत श्रीवास्तव र चिनियाँ राजदूत छन दुवैले निर्वाचनका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए।

स्रोतका अनुसार निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई ठूलो संख्यामा सवारी साधनहरूको आवश्यकता छ र त्यसका लागि दुवै छिमेकीसँग आग्रह गरिसकिएको छ।

त्यसक्रममा दुवै मुलुकले निर्वाचनका लागि आवश्यक सवारी साधन उपहारस्वरूप उपलब्ध गराउन आफ्नो मुलुक तयार रहेको जानकारी सरकारलाई गराइसकेका छन्।

Tags

छुटाउनु भयो कि ?