टप खबर

तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

Lumbinikhabar Online

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएकी छन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता दोहोर्याएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिएका छौँ।’

उनका अनुसार सुरुवाती चरणमा ‘जेनजी’ युवा समूहले दलहरूसँग संवाद गर्न रुचि देखाएको थिएन। ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोल्ने काम भएको छ। अब जेनजी र दलहरू बसौँ, जसरी हुन्छ स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले सबै पक्षलाई आगामी निर्वाचनलाई सफल बनाउन आफ्नो–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिन्। ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ प्रधानमन्त्री कार्कीले जोड दिइन्।

Tags

छुटाउनु भयो कि ?