टप खबर

विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थाले: गृहमन्त्री अर्याल

Lumbinikhabar Online

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा अर्यालले यस्तो भनेका हुन् ।

जेन-जी आन्दोलनका घाइतेरूले जेन-जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचारमा मुछिएको आरोप लागेका व्यक्तिहरू भाग्न खोजेको बताएका थिए । त्यस्तै उनीहरूले ती अकुत सम्पत्ति लुकाउन सक्रिय भएको भन्दै चिन्ता जनाएपछि अर्यालको यस्तो जवाफ दिएका हुन् ।

अर्यालले केही दिनअघि नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अमेरिका भागेको जिकिर गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?