टप खबर

नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि

Lumbinikhabar Online

सामोयालाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ।

दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो।

योसँगै नेपालले अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो। नेपालले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।

Tags

छुटाउनु भयो कि ?