नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ ।
नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन्।
देशको मुख्य प्रशासनिक केन्द्र, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत र संसद् भवन जोगाउन नसकेको आरोप खेपिरहेको सेनाले भौतिक क्षतिभन्दा मानवीय क्षति ठूलो भएकाले त्यसतर्फ सोचिएको बताएको छ ।

