टप खबर

चीनलाइ नोभेम्बर १ देखि थप १०० प्रतिशत कर ल​गाउने ट्र​म्प​को घोष​णा

Lumbinikhabar Online

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि नियन्त्रण गर्ने बताएका छन्।

यस हप्ता चीनले दुर्लभ पृथ्वी तत्त्व निर्यातमा नियन्त्रण कडा पारेको छ।

शुक्रबार ट्रम्पले चीनलाई ‘धेरै शत्रुतापूर्ण’ मनोवृत्ति अपनाएको र विश्वलाई ‘अधीनमा’ राख्न खोजेको आरोप लगाए।

ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँगको आफ्नो बैठकबाट पछि हट्ने चेतावनी पनि दिएका छन्। यद्यपि उनले यसलाई रद्द गरिसकेका छैनन्।

बीबीसीका अनुसार ट्रम्पको टिप्पणीपछि सेयर बजारमा गिरावट आएको छ।

Tags

छुटाउनु भयो कि ?