टप खबर

इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सहमति, ह​मास​ले २० ब​न्दी रिहा ग​र्ने

Lumbinikhabar Online

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्।

एसोसिएटेड प्रेस (एपी)का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।

Tags

छुटाउनु भयो कि ?