खेलकुद

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले हात पार्यो टी–२० सिरिजको उपाधि

Lumbinikhabar Online

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले उचालेको हो ।

नेपालको जितमा पूजा महतो र रुबि पोदारले उत्कृष्ट ब्याटिङ गरे । महतोले २४ बलको सामना गरेर २३ रन बनाइन् भने रुबि पोदार २४ बलको सामना गर्दै २६ रन बनाइन् । सम्झना कुमारी खड्काले १३ बलमा १० रन जोडिन् । रुविना क्षेत्रीले १५ बलमा अविजित १५ बलमा १५ रन बनाउँदा कविता कुँवरले १९ बलको सामना गरेर १४ रन जाेडिन् । कप्तान इन्दु बर्माले भने १३ बलको सामना गरेर ८ रन मात्र जोडिन् ।

घरेलु मैदान वायुमास ओभलमा बुधबार बिहान टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १०३ रन बनाएको हो । विन्डर डानियाले ४० रन बनाउँदा माहिरा इज्जाइले १९ रन बनाइन् ।

Tags

छुटाउनु भयो कि ?