खेलकुद

अन्तर्राष्ट्रिय टी–२० शृङ्खला: मलेसियामाथि नेपाल ६ विकेटले विजयी

Lumbinikhabar Online

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा मलेसियामाथि नेपाल ६ विकेटले विजयी भएको छ।

सुरुमा ब्याटिङ गरेको मलेसियाले नेपाललाई ११२ रनको चुनौती दिएको थियो। टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको हो। मलेसियाका लागि मास एलिसाले अर्धशतक बनाइन् । ६३ बलको सामना गरेकी उनले ५६ न जोडेकी हुन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कविता खड्काले तीन विकेट हात पार्दा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे । उत्कृष्ट बलिङ गरेकी कविताले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पारेकी हुन् ।

Tags

छुटाउनु भयो कि ?