बिजनेस

२५००ले ब​ढेर​ सुनको मूल्य सोमबार हालसम्मकै उच्च, कति छ​ आज​ तोलाको?

Lumbinikhabar Online

सुनको मूल्य सोमबार (असोज २०) हालसम्मकै उच्च । यस दिन सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आइतबार (असोज १९) सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो । आइतबार छापावाल सुन तोलाको दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो ।

Tags

छुटाउनु भयो कि ?