टप खबर

विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार बिदा न​हुने, सेवा न​रोक्न​ आदेश

Lumbinikhabar Online

गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।

आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाहको काम नरोक्न निर्देशन दिएको हो।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन्। विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ।’

Tags

छुटाउनु भयो कि ?