इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। बाढीपहिरोको कारण इलामका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ।
पहिरोमा परेर धेरैजना वेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ।
निरन्तरको वर्षाको कारण इलामा आधार दर्जन भन्दा बढी ठाउँमा गएको पहिरोमा परेर मानिसहरू हराइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनाका विवरण संकलनको काम भइरहेको छ। प्रहरी टोली घटना स्थलमा पुग्न बाँकी रहेकाले पूर्ण विवरण आइसकेको छैन।

